Published Date : 2020-03-05 (Modified Date : 2020-03-05)

रेल्वे क्षेत्रको समग्र लक्ष्य भनेको सुरक्षित, भरपर्दो एवं ल्याकत अनुसार सार्वजनिक रेल सेवाको निर्माण र विस्तार अन्तराष्ट्रिय जगत सम्म गरी संचालन र व्यवस्थापन समय सापेक्ष एवं समुचितढंगमा गरी सेवालाई विश्वस्तरीय बनाई  देशको सामाजिक, आर्थिक विकास समग्रतामा वृद्यि गर्नु हो । उपरोक्त परिकल्पनालाई कम खर्च मा एवं सक्षमताका साथ रेल्वे सेवाको पूर्वाधार विकास, विस्तार एवं व्यवस्थापन सहित हासिल गर्नु पर्दछ ।

  • देशको समग्र (सामाजिक–आर्थिक) विकासमा वृहत्तर पहुँच र वृद्यि सहितको दीगो विकासका लागि रेल सेवाको उचित व्यवस्थापन नै रेल्वे क्षेत्रको परिकल्पना हो ।
  • रेल्वे संजाललाई निर्माण, विस्तार एवं व्यवस्थापन गर्दै क्रमश : अगाडी बढ्नु एवं दीगो र सक्षम सेवा प्रदान गर्नु, पूर्व पश्चिम एवं महत्वपूर्ण औद्योगिक, व्यापारिक, पर्यटकीय शहरहरुलाई रेलको राष्ट्रिय संजालमा आवद्य गराउनु एवं भारत र चीन (तिब्बत) समेतका संभाव्य नाकावाट रेल सेवाले जोडी अन्तराष्ट्रिय व्यापार लगायत कृषि, पर्यटन, जलश्रोत, उद्योग, व्यापार र पराकृतिक श्रोत विकासका क्षेत्रमा रेल सेवाले सुविधा पुर्‍याउनु एवं सेवामा वृद्धि गर्नु रेल संजालसंग विकासको परिकल्पना हो । 
  • सस्तो, भरपर्दो, सुरक्षित, सक्षम रेल सेवाको माध्यमवाट मानिसहरुको यात्रा एवं मालसामानहरुको ढुवानी गरी मानिसहरुको दैनिक एवं जीवनस्तरमा सुधार ल्याउन योगदान गर्नु रेल सेवाको विकास एवं विस्तारको ध्ये य हो ।