Published Date : 2020-03-05 (Modified Date : 2020-07-12)

सामाजिक आर्थिक विकासमा देखा परेको असन्तुलनलाई न्यूनिकरण गरी दीगो विकासका लागि सुरक्षित, भरपर्दो, पर्यावरण मैत्री राष्ट्रिय रेल संजाल विकसित गर्ने दीर्घ कालिन परिकल्पना रेल क्षेत्रको रहेको छ । उक्त परिकल्पनाले निम्न कुरालाई लक्षित गर्दछ :

  • छिमेकी मुलुकहरु बिच व्यापार प्रवर्धन
  • सामाजिक, आर्थिक पूर्वाधारको विकासमा सहयोग
  • कृषि, औद्योगिक, औषधीजन्य लगायतका उत्पादन एवं सुबिधामुलक सेवा प्रदान गर्ने क्षेत्रहरुको पहुँचमा सर्व–सुलभता

दीर्घकालीन उद्देश्य हासिल गर्न निम्न उपाय निर्धारण गरिएको छ :

  • पूर्व पश्चिम रेलमार्गको खण्ड (४०० कि.मि.) निर्माण संचालन गर्ने ।
  • भारत सीमावाट तराईका औद्योगिक तथा व्यापारिक शहरहरु/नाकाहरु रेल प्रणालीमा जोड्दै जाने ।  
  • पूर्व पश्चिम रेलमार्गवाट तराईको वर्दीवास–विरगंज खण्डलाई जोड् ने (१३४ कि.मि.) ।
  • काठमाण्डौ तराईलाई रेल सेवावाट जोड् ने (१०० कि.मि.)। निर्माण कार्य बढाउने ।
  • काठमाण्डौ उपत्यकामा मे ट्रो  निर्माण कार्य प्रारम्भ गर्ने ।
  • काठमाण्डौ –पोखरा–तराईको विद्युतिय रेलमार्गको DPR तयार गर्ने ।
  • रेल संजालका सम्भाव्य क्षेत्रहरुको पहिचान सहित प्रादेशिक प्रशासनिक केन्द्र हरु पूर्व–पश्चिम एवं तराई , काठमाण्डौ –पोखरा रेल संजालवाट जोड् ने गरी अध्ययन Fesibility एवं DPR को कार्य अघि बढाउने ।