रेल क्षेत्रका निम्न उद्देश्यहरु रहेका छन् :
-
प्रभावकारी एवं सक्षम तवरमा रेल संजालको विकास, विस्तार र व्यवस्थापन गर्ने ।
-
सामाजिक, आर्थिक र प्रशासनिक सम्बन्धलाई सुदृढ र सक्षम बनाउन महत्वपूर्ण व्यापारिक,औद्योगिक, धार्मिक, पर्यटकीय क्षेत्रहरु एवं राजधानीलाई छिमेकी मुलुक उत्तर र दक्षिणका सम्भाव्य स्थानहरु समेतलाई रेल सेवाले जोड्ने ।
-
सुरक्षित, भरपर्दो, विश्वसनीय एवं न्यूनतम भाडा दररेटमा सर्वसाधारणलाई रेल सेवा उपलब्ध गराउने । साथै माल सामान ढुवानी किफायती र भरपर्दो बनाउने ।
-
अन्य पूर्वाधार विकासलाई सहयोग गर्न एवं सुविधामुलक सेवाहरुको प्रभावकारी ओसार
-
पसारलाई सहज बनाउन तथा आर्थिक वृद्धिलाई सुदृढ गर्न रेल संचालनको विकास तथा विस्तार गर्ने ।
-
रेल संजाल निर्माण, विस्तार, संचालन, व्यवस्थापन गर्न निजि संस्थाहरुको सहभागिता जुटाउने, प्रोत्साहन गर्ने ।
-
अन्तराष्ट्रिय रेल संजाल सँग आवद्य गर्ने र अन्तराष्ट्रिय बजार/व्यापार प्रवर्धन गर्ने ।