प्रकाशित मिति : २०२०-०३-०५ (अद्यावधिक मित : २०२२-०१-१९)
उद्देश्यहरु
-
रेल्वे पुर्वाधारको विकास तथा विस्तार गरी देशको विकास गर्ने, राज्यका सबै क्षेत्र र वर्गको यातायातमा पहुँच बढाउने तथा जनतालाई थप सेवा सुविधा प्रदान गर्ने।
-
सुरक्षित, सर्वसुलभ र भरपर्दो रेल यातायात प्रणाली विकास गरी राज्यको आर्थिक विकासमा टेवा पुर्याउने।
-
अन्तर्राष्ट्रिय स्तरको रेल प्रणाली विकास गरी राजधानीमा सार्वजनिक यातायातको लागि बहुप्रणाली यातायातको रुपमा विकास गर्ने।
-
रेल यातायातको विकास तथा विस्तार गरी उद्योग, पर्यटन जस्ता क्षेत्रहरुका विकासमा टेवा पुर्याउने।
-
रेल यातायातको विकास र विस्तारमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने।
-
रेल सेवा सम्बन्धी अनुसन्धान र विकासको कार्यक्रम अगाडि बढाउने।