प्रकाशित मिति : २०२०-०३-०५ (अद्यावधिक मित : २०२०-०७-१२)
-
पूर्व पश्चिम(मेची–महाकाली), काठमाण्डौ–पोखरा–तराई, काठमाण्डौ–तराई, लगायतका दक्षिण सीमा (भारतीय बोर्ड र) बाट महत्वपूर्ण औद्योगिक, व्यापारिक शहरहरु एवं उत्तर सिमा (चीन–तीब्बत) बाट राजधानी काठमाण्डौलाई रेल सेवावाट जोड्ने । साथै औद्योगिक, व्यापारिक सहरहरुको रेल संजाललाई पूर्व पश्चिम एवं काठमाण्डौ तराईको रेल संजाल सँग आवद्ध गर्ने ।
-
प्रादेशिक प्रशासनिक केन्दहरुलाई पूर्व पश्चिम एवं काठमाण्डौ तराई रेल संजाल संग आवद्ध गर्ने ।
-
आगामि २० वर्ष भित्र ४००० कि.मि. रेल संजाल निर्माण गर्ने । सो लक्ष्यलाई पूरा गर्न आगामी १० वर्ष भित्र १५०० कि.मि. र आगामी ५ वर्ष भित्र ७५० कि.मि. रेल संजाल निर्माण गर्ने ।
-
प्राथमिकता लगानी योजना (२० र १० वर्षे) तयारी गर्ने ।
-
रेल्वे सेवालाई विश्वस्तरीय बनाउने ।