नेपाल सरकार

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय

रेल विभाग

विशालनगर, काठमाण्डौ

पृष्ठभूमि

१. मानव संसाधन र पूर्वाधारहरुको विकास गरी पछि परेका क्षेत्र र समूदायको आर्थिक, सामाजिक पक्षलाई सुदृढ एवं माथि उकास्दै असन्तुलनलाई न्यूनिकरण गर्दै राष्ट्रको वृहत्तर विकास, समतामूलक एवं एकीकृत रणनीतीवाट गरी उल्लेख्य रुपमा गरीवि निवारण गरी नेपालीहरुको आर्थिक अवस्था माथि उकास्नु नै तीन वर्षिय अन्तरिम योजनाको सारभूत उद्देश्य हो । सामाजिक, आर्थिक विकास, सामाजिक समायोजन र सेवा विस्तार एवं पहुँचका साथै देशको समग्र आर्थिक समुन्नतिका लागि अभिन्न अंगकारुपमा रेल्वे क्षेत्रको  पहिचान भएको छ । विगतमा कमै प्राथमिकतामा रहने गरेको र नगन्य सुविधा भएको भएता पनि रेल्वे सेवाको महत्व आंकलन भै पूर्व (मेची)–पश्चिम (महाकाली),काठमाण्डौ –पोखरा–तराई, भारत सीमाबाट महत्वपूर्ण औ द्योगिक व्यापारिक शहर/क्षेत्रहरुमा रेल सेवा संचालन गर्ने लगायत चीन (तीब्बत) वाट काठमाण्डौ रेल्वे सेवा निर्माण विस्तारका साथै खस्कँ दो अवस्थामा रहेको जनकपुर–जयनगर रेल सेवाको सुदृढीकरण गर्ने कार्यलाई अगाडि बढाउने स्पस्ट सोच बनेको छ ।

Read More

अनन्त आचार्य
महानिर्देशक

प्रकाश भक्त उपाध्याय
सूचना अधिकारी
सिनियर डिभिजनल ईन्जिनियर
फोन: ९८५१०११९७७
ईमेल: p_upd@yahoo.com

भिडियो